नेपालको एकदिवसीय क्रिकेट खेलमा पारस चम्किए, नेपालले पायो १९० रनको लक्ष्य

काठमाडौं । नेपालकोपहिलो एकदिवसीय क्रिकेटमा खेलामा नेपालले १ सय ९० रनको लक्ष्य पाएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेदरल्यान्ड्सले ४७ ओभर ४ बलमा १ सय ८९ रन बनाउँदा सबै विकेट गुमायो ।

नेदरल्यान्ड्सविरुद्ध उत्कृष्ट बलिङ गरेका नेपालका कप्तान पारस खड्काले चार विकेट लिए । १० ओभर बलिङ गरेका उनले २६ रन खर्चेर चार विकेट लिएका हुन् ।

यस्तै सोमपाल कामीले तीन साथै सन्दीप लामिछाने, करण केसी र बसन्त रेग्मीले एकएक विकेट लिए ।

नेदरल्यान्ड्सका मिचेल रिप्पोनले ७६ बलमा ५१ रन बनाए । यस्तै स्टेफेन माइबर्गले २९, बास डे लिडेले ३०, बेन कुपरले २० र स्कट एडवाड्सले १८ रन बनाए ।