नेपालको ९ विकेट झर्यो, जित्ने झिनो आशा बाँकी

काठमाडौं– ऐतिहासिक एक दिवसीयको पहिलो खेलमा अहिले नेपालले ९ विकेट गुमाएर व्याटिङ्ग गरिरहेका छन् । क्रिजमा सरद भेसवाकर र शक्ति गौचनले सम्हालिरहेका छन् भने नेपालले जित्ने झिनो आशा अझै बाँकी छ । त्यस्तै ज्ञानेन्द्र मल्लले एकदिवसीय खेलमा नेपालको तर्फबाट पहिलो अर्धशतक प्रहार गर्ने कीर्तिमान बनाएका छन्। नेदरल्यान्ड्सविरुद्धको खेलमा ओपनिङमा आएका ज्ञानेन्द्रले ५६ बल खेलेर अर्धशतक पूरा गरेका थिए। अर्धशतक बनाउन उनले ८ चौका प्रहार गरे। उनी ५१ रनमा आउट भए।

त्यसअघि भिआरए मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स ४७।४ ओभरमा १ सय ८९ रनमा अलआउट भयो।

नेदरल्यान्ड्सका लागि मिचेल रिप्पोनले ५१ रन जोडेका थिए। माइब्रुगले २९ रन र लिडीले ३० रनको योगदान दिए।

नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट बलिङ गरे। उनले ४ विकेट लिए। सोमपाल कामीले ३ विकेट हात पारे। सन्दीप लामिछाने, करण केसी र बसन्त रेग्मीले समान १–१ विकेट हात पारे

एकदिवसीय मान्यता हासिल गरेको साढे ४ महिनापछि नेपालले एकदिवसीय खेलमा डेब्यू गरेको हो। नेदरल्यान्ड्सँग खेलेपछि नेपाल औपचारिक रुपमा कान्छो एकदिवसीय टिम बन्न सफल भएको हो ।