ऐतिहासिक एकदिवसिय क्रिकेटको पहिलो खेलमा नेपाल पराजित

काठमाडौं– ऐतिहासिक एक दिवसीयको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । नेपालले १ सय ३४ रनमा पुरै विकेट गुमाएर हार व्यहोरेको हो । ५५ रनले नेपाल पराजित भएको छ । नेपालका तर्फबाट सर्वाधिक रन बनाउने ज्ञानेन्द्र मल्लले ५१ रन बनाए भने अरु व्याट्म्यान खासै चल्न सकेनन् । पहिले बलिङ गरेको नेपालले १ सय ९० रनको लक्ष्य पाएको थियो । भने ४१.५ ओभरमा सबै विकेट गुमाएर नेपाल पराजित भएको हो ।