चितवन । रातदिनका वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डका दुई ठाउँमा परिरो गएको छ । पहिरोका कारणले अहिले उक्त सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ४ बजे घुमाउने र जलबिरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
![](https://i2.wp.com/esajhakhabar.com/wp-content/uploads/2022/06/kads.gif?w=640&ssl=1)
भरतपुर महानगरपालिका– २९ घुमाउनेमा ठूलाठूला ढुंगासहितको पहिरो खस्ने क्रम जारी रहेकाले पन्छाउन समय लाग्ने जनाइएको छ । यता इच्छाकामना गाउँपालिका– ६ को जलबिरेमा पहिराका कारण एकतर्फी मात्र सवारी साधान सञ्चालन भएको छ ।