युवालार्इ स्वदेशमै रोजगारी दिनुपर्छः मन्त्री विष्ट

विराटनगर । युवालार्इ स्वदेशमै रोजगार दिन रोजगारमूलक उद्योग स्थापना गर्नु पर्ने श्रम ,रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बताएका छन् । श्रम ,रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले युवा उद्यमीले रोजगारीको सिर्जना गर्ने उद्यमस्थापना गर्नुपर्ने बताउनुभएको हो ।
युवा तथा खेलकूद मन्त्रालय, युवा परिषद् मोरङ र नेपाल यूवा उद्यमी मञ्चद्वारा आज यहाँ आयोजित ‘युवा उद्यमशीलता र रोजगारीका अवसरहरु’ विषयक प्रदेश नं १ स्तरीय अन्तरक्रिया कार्यक्रममा उहाँले प्रत्येक वर्ष पाँच लाख युवाका लागि रोजगारी सिर्जना गरेर विदेशिने क्रमलाई रोक्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री विष्टले उद्यमीलाई रोजगार र निर्यातमूलक उद्योग स्थापनाका आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न सरकार तयार रहेको बताउँदै विदेशी उत्पादनसँग प्रतिस्पर्धी गर्ने उत्पादनलाई सरकारले प्रोत्साहन गर्ने प्रस्ट पार्नुभयो ।
प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले रोजगारी सिर्जना गर्ने कृषि, पर्यटन र निर्यात मुलुक उद्योग स्थापनामा सरकारले आवश्यक सहयोग प्रदान गर्ने बताउनुभयो ।