१२ कक्षाको नतिजा प्रकाशित

काठमाडौं । २०७५ राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षा को नतिजा सार्वजनिक गरेको छ । पहिलोपटक ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशित गरेको छ । गत बैशाखमा सञ्चालित परीक्षामा नियमिततर्फ २ लाख ९९ हजार ६ सय ७५ विद्यार्थी सहभागी थिए । आशिंकतर्फ ३५ दशमलव २ प्रतिशत उत्तीर्ण भएका छन् ।  परीक्षामा सहभागी १ लाख १७ हजार ४ सय १४ मध्ये ४१ हजार ३ सय ७५ उत्तीर्ण भएको परीक्षा बोर्डले जानकारी दिएको । यो वर्ष पहिलोपटक १२ कक्षाको सबै समूहको नतिजा एकैपटक प्रकाशित गरिएको छ । नतिजा www.neb.gov.np लग इन गरेर नतिजा हेर्न सकिने छ । भने ntc.net.np मा समेत गएर हेर्न सकिन्छ । यस बाहेक एसएमएसबाट नतिजा प्राप्त गर्न सकिने छ । एउटा विषयमा डी प्लस वा त्यो भन्दा तल आएमा ग्रेड बृद्धिको परीक्षा दिन सक्ने छन् । परीक्षा भाद्र १६ मा हुनेछ । नतिजामा चित्त नबुझेमा पुनर्योग र उत्तरपुस्तिका हेर्न सकिन ब्यवस्था समेत मिलाएको बोर्डले जनाएको छ ।