नेपाल भर्सेस नेदरल्यान्ड्स दोस्रो खेल, सुध्रेला त ब्याटिङ ?

नेपाल भर्सेस द नेदरल्यान्ड्स
स्थान – भिआरए मैदान, आम्सटर्डम
खेल – दोस्रो एकदिवसीय क्रिकेट
मिति– १८ साउन
समय– दिउँसो २ : ४५ बजे

काठमाडौं– बुधबार भएको पहिलो एकदिवसीय खेलमा नेपाललाई नेदरल्यान्ड्सदर् ५५ रनले पराजित गरेको थियो ।
एकदिवसीय खेलमा सुखद डेब्यू गर्ने नेपालको लक्ष्य पूरा हुन सकेको थिएन ।
पहिलो खेलमा टस जितेर व्याटिङ्ग गरेको नेदरल्यान्ड्सले नेपालका लागि १ सय ९० रनको लक्ष्य दिएको थियो । सामान्य लक्ष्य पछ्याएको नेपालले ८५ रन बनाउदा १ विकेट मात्र गुमाएको थियो । सुरुवाति राम्रो खेलेको नेपाले त्यसपछि लगातार विकेट गुमाउँदा नेपाल १ सय ३४ रनमा अलआउट हुन पुग्यो ।

जवाफमा ब्याटिङ गरेको नेपालका लागि ज्ञानेन्द्र मल्लले ५१ र अनिलकुमार साहले २१ रन जोडेर पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए। तर ब्याटिङमा जमेका रिप्पोन बलिङमा पनि घातक बन्दा नेपालको ब्याटिङ लाइन ध्वस्त बन्यो। रिपोप्पनले ३ विकेट हात पार्दा पिटर सीलार र फ्रेड क्लासेनले पनि ३–३ विकेट नै लिए। नेपालका लागि कप्तान पारस खड्काले ४ विकेट लिँदा २६ रन मात्र खर्चिए। सोमपाल कामीले पनि ३ विकेट लिएका थिए। नेदरल्यान्ड्सका लागि मिचेल रिपोप्नले ५१ रन जोडेका थिए।

पहिलो खेलले दुवै टिमको ब्याटिङमा समस्या देखिएको थियो । बलिङमा दुवै टिमले राम्रो प्रदर्शन गरेको अवस्थामा दोस्रो खेलमा ब्याटिङकै भिडन्त हुने देखिएको छ। खास गरी नेपालको मध्यपंक्तिले सुधार गर्नु पर्ने देखिएको छ।

घाइते भएका मध्यक्रमका ब्याट्सम्यान शरद भेषवाकरले दोस्रो खेल गुमाउदैछन्। उनको स्थानमा रोहितकुमार पौडेलले खेल्ने छन् ।

नेपालले शुक्रबार हुने दोस्रो खेलमा जित निकाल्ने लक्ष्य बनाएको छ । कप्तान पारस खड्का दोस्रो खेलबारे भन्छन्,ुब्याटिङमा थेरै सम्हालिएको भए पहिलो खेल सजिलै जित्न सक्थ्यौं । तर त्यस्तो हुन सकेन । दोस्रो खेल राम्रो ब्याटिङ गर्नेमा आशावादी छु।ु पक्कै नतिजा हाम्रो पक्षमा हुनेछ ।