नेपाल भर्सेज नेदरल्याण्डस दोस्रो एकदिवसीय क्रिकेट आज भिड्दै

नेपाल भर्सेस द नेदरल्यान्ड्स
स्थान – भिआरए मैदान, आम्सटर्डम
खेल – दोस्रो एकदिवसीय क्रिकेट
मिति– १८ साउन
समय– दिउँसो २ : ४५ बजे

काठमाडौं– नेपाल र  नेदरल्यान्ड्स विरूद्ध दोस्रो खेल आज हुँदै । पहिलो एकदिवसीय खेलमा नेपाललाई नेदरल्यान्ड्सले ५५ रनले पराजित गरेको थियो ।  एकदिवसीय खेलमा सुखद डेब्यू गर्ने नेपालको लक्ष्य पूरा हुन सकेको थिएन ।

दुई खेलको शृंखलामा १–० ले पछि परेको नेपालले आज राम्रो खेलेर नतिजा आफ्नो हातमा पारेमा बराबरी हुनेछ । त्यसैले पनि बराबरी गर्नैका लागि भए पनि नेपाललार्इ जित्नैपर्ने दबाव छ ।

पहिलो एक दिवसीय खेलमा टस जितेर व्याटिङ्ग गरेको नेदरल्यान्ड्सका लागि नेपाल हावी थियो । तर पछि लगातार झरेको विकेटका कारण नेपालको सपना सपनै रहेको थियो ।  पहिले बलिङमा राम्रो गरेको नेपालले व्याटिङमा आफ्नो पकड जमाउन नसक्दा हार व्यहोर्नु परेको थियो । आज पनि नेपालका लागि सोही चुनौति थपिएको छ । के व्याटिङमा सुधार होला ?