पर्यटक उद्धार सहज हुनुपर्नेमा जोड

काठमाडौँ । टान र नाट्टाले नेपालको पर्यटकीय क्षेत्रको पूर्वाधार ज्यादै निम्नस्तरको र कमजोर भएकाले जुनसुकै बेला पनि हुनसक्ने प्राकृतिक प्रकोपका कारण दुर्घटना हुने भएकाले पर्यटक उद्दार नीतिलाई सहज बनाई समयमै पर्यटकको उद्धार गर्ने व्यवस्था मिलाउन सरकारसंग आग्रह गरेका हुन् । किङ्ग एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) र नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले पर्यटक उद्धार प्रक्रियालाई सहज बनाउन माग गरेका हुन् ।
टानका अध्यक्ष नवराज दाहाल र नाट्टाका अध्यक्ष सिएन पाण्डेले बिहीबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै पर्यटक उद्धार प्रक्रिया झण्झटिलो हुँदा समयमा उद्धार नभई कतिपय पर्यटकले ज्यान समेत गुमाउनु परेकाले यसलाई सहज बनाउन माग गर्नुभएको हो ।
नाट्टाका अध्यक्ष पाण्डेले सरकारले सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइरहेका बेला पर्यटक उद्धार प्रक्रिया झन्झटिलो हुँदा समस्या उत्पन्न हुने बताउनुभयो । “यस्तो प्रक्रियाले विदेशमा समेत नेपाली पर्यटनबारे नकारात्मक सन्देश जाने देखिन्छ,”–उहाँले भन्नुभयो ।