काठमाडौंबाट विस्थापित हुँदै टेम्पो

काठमाडौं । अब काठमाण्डौबाट टेम्पो विस्थापित हुने भएको छ । उपत्यकामा अरु थप बसहरु सञ्चालनमा आउने भएका छन् । यातायात व्यवस्था विभागले छिटै रुट पर्मिट र अन्य प्रक्रिया मिलायो भने

रुटपर्मिट नपाउँदा रोकिएको काठमाडौं दिगो सहरी यातायात आयोजनामा रहेको एस ५ रुटमा चाँडै सञ्चालनमा आउने भएका हुन् ।

नयाँ बसपार्क-रत्नपार्क-सिनामंगल रुटमा रहेको टेम्पो विस्थापित गरी ठूला सार्वजनिक यातायात सञ्चालन हुन लागेको समाचारमा जनाइएको छ । यो रुट एस ५ रुटका नामले चिनिन्छ ।

सरकारले मास ट्रान्सपोर्ट”लाई प्राथमिकता दिने गरी काठमाडौं उपत्यकामा कायम रहेको करिब २ सय सवारी रुटलाई ६६ वटामा सीमित गरेपछि पहिलो पटक एस ५ रुट कार्यान्वयनमा आउन लागेको हो ।