जाँजरकोटमा पहिरोले ३ घर पुरिए

जाजरकोट । लगातारको वर्षाका कारण देशै भरीका जनजीवन प्रभावित बन्दै गएको छ । जाजरकोट भेरी नगरपालिका–३ ठाँटीबजारदेखि पानी नाउँला जाने सडकमा आज बिहान पहिरो जाँदा तीन घर पुरिएका छन् । सदरमुकामको मुख्यबजार रहेको ठाँटीबजारदेखि तल रहेका घर पुरिएपछि अहिले उद्धारकार्य चलिरहेको प्रहरीले जनाएको छ । घरभित्र मानिस रहेको अनुमान गरिएको छ । घटनास्थलमा उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
जाजरकोटको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले पहिरोमा ज्यान गुमाएका आफन्तलाई सहयोग गर्नुभएको छ ।
जिल्लाको जुनिचाँदे गाउँपालिका छिर्कमा पुगेर अध्यक्ष केसीले उपचारका लागि व्यक्तिगत रकम उपलव्ध गराउनुभएको हो । अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोले घर पुर्दा जुनीचाँदे गाँउपालिका–६ गर्खाकोट छिर्कमा साउन ३ गते घरमा सुतिरहेका एकै घरका तीन घाइते भएका थिए भने दुईको मृत्यु भएको थियो । घाइते हर्कबहादुर बुढा र उनका दुई छोरा, छोरीलाई जीवन निर्वाह गर्न भन्दै व्यक्तिगतरूपमा रु २५ हजारका दरले रकम सहयोग गरेको अध्यक्ष केसीले बताउनुभयो ।
सहयोग रकम हस्तान्तरण गर्दै अध्यक्ष केसीले घाइतेलाई जिल्ला अस्पताल जाजरकोटमा उपचार संभव नभए थप उपचारका लागि गाउँपालिकाले बाहिर उपचार गराउन सहयोग गर्ने बताउनुभयो । पीडितलाई जिल्ला दैविक प्रकोप समितिले रु दुई लाख १६ हजार उपलब्ध गराइसकेको छ ।