फेरि नारायणगढ मुग्लिन सडक अवरुद्ध

चितवन । निरन्तर परेको वर्षाका कारण देश भरका जनजीवन प्रभावित बनेको छ । त्यस्तै लगातार वर्षाका कारण पहिरो खस्दा नारायणगढ मुग्लिन सडक र पृथ्वी राजमार्ग फेरि अवरुद्ध बनेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार नारायणगढ मुग्लिन सडकको जलविरे र घुमाउनेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
जलविरे इच्छाकामना गाउँपालिका–६ मा र घुमाउने भरतपुर महानगरपालिका–२९ मा पर्दछ ती दुवै ठाउँमा चार दिनयता पहिरो खस्ने र रोकिने क्रम जारी छ ।
त्यसैगरी पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्ड अन्तर्गतको फिस्लिङमा पनि पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । फिस्लिङ इच्छाकामना गाउँपालिका–३ मा पर्दछ ।