उपत्यका भित्रकै मुटु काँडाघारीमा बच्चा अपहरण गरी हत्या

काठमाडौं । काँडाघारीबाट ११ वर्षका निशान खड्काको अपरहण गरी हत्या भएको छ ।  ११ वर्षिय निशान खड्काको शव ठिमीमा गाडिएको अवस्थामा भेटिएको थियो ।  साँझबाट हराइरहेका बालकको अपहरण भएको जानकारी सोमबार बिहान मात्रै प्राप्त भएको थियो । अपहरणकारी अजय तामाङ र गोपाल तामाङ पनि प्रहरीको दोहोरो फायरिङमा मारिएका  हुन् । उनीहरुको दोहोरो भिडन्तमा मृत्यु भएको अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बताए ।  भक्तपुरको सूर्यविनायकस्थित पाइलट बाबा आश्रम जाने जंगलमा इन्काउन्टर भएको हो ।  उनीहरुले आइतबार नै बालकको हत्या गरेर शव गाडेको प्रहरीले जनाएको छ ।  बालकको अपहरण गत्तै अपहरणकारीले करोडौं रकम फिरौती मागेका थिए  । अपहरणकारीले सोमबार बिहान निशानको परिवारलाई सम्पर्क गरी निशान अपहरणमा परेको जानकारी दिएको थियो । घटनाबारे अनुसनधान भइरहेकाले यसबारे थप केही बोल्न नमिल्ने प्रहरीले बताएको छ ।  अपहरणकारीमध्ये गोपाल बालकका चिनजानका व्यक्ति थिए । उनी आइतबार दिउँसोदेखि नै बालकको आमाले चलाउने पसलमा गएर निशानसँग खेलेर बसेका थिए। साँझ उनले नै अपहरण गरी बालकको हत्या समेत गरेका थिए ।