सीपीएलमा पनि सन्दीपको सानदार प्रदर्शन, ४ ओभरमा २ विकेट चट्काए

काठमाडौ । इन्डियन प्रिमियर लिगमा शानदार प्रदर्शन गरेर साराको मन जित्न सफल सन्दिप लामिछानेले अर्को लिग क्यारेबियन प्रिमियर लिग (सिपिएल) टि–२० क्रिकेट प्रतियोगितामा पनि शानदार प्रदर्शन गरेका छन् । नेपालका युवा बलर सन्दीप लामिछानेले सानदार डेब्यू गरेका हुन्।
शुक्रबार सन्दीपले सेन्ट किट्स नेभिट् प्याट्रिओट्बाट खेल्दै सिपिएलमा डेब्यू गरेका थिए । यद्यपी सन्दीपको डेब्यू खेलमा सेन्ट किट्सलाई गुयना अमाजोन वारियर्सले ६ विकेटले पराजित गरेको छ।
पहिले ब्याटिङ गरेको सेन्ट किट्सले ५ विकेटको क्षतिमा १ सय ४६ रन जोडेको थियो। उसका लागि कप्तान क्रिस गेलले ८६ रन जोडे । ५ विकेट मात्र गएपछि सन्दीपले ब्याटिङ गर्न भने पाएनन् ।
१ सय ४७ रनको लक्ष्य पछ्याएको गुयानविरुद्ध सन्दीपले ४ ओभर बलिङ गरे । जसमा उनले २ विकेट चट्काए । दोस्रो ओभरमै बलिङ पाएका सन्दीपले ओपनर चाडविक बाल्टनलाई क्याच आउट गराए । सन्दीपले गुयानाको चौथो विकेटको रुपमा जासन मोहमदलाई आउट गरेका थिए ।
उनले ४ ओभरमा १२ रन मात्र खर्चिए । सन्दीपले राम्रो बलिङ गरेपनि गुयानले २१ बल बाँकी छदा लक्ष्य पार गर्दै सेन्ट किट्सलाई ६ विकेटले पराजित गरेको थियो ।