लोपोन्मुख पञ्चेबाजा दलित समुदायलार्इ

वालिङ । लोभ हुँदै गएको दलित समूदायको एउटा अभिन्न अंग पञ्चेबाजा स्याङ्जाको भीरकोट नगरपालिका–९ वडाले दलित समुदायलाई सहयोग गरेको छ ।
लोप हुने अवस्थामा रहेका कारण त्यसको संरक्षण गर्ने उद्देश्यले दलित समुदायलाई १ लाख पचास हजार बराबरको पञ्चेबाजा सहयोग गरिएको वडाध्यक्षले बताउनुभयो । “दलित समुदायले माग गरेपछि सहयोग गरेका हौँ” उहाँले भन्नुभयो ।
बाजा बजाउने पेशा अँगाल्दै आएको सो वडाको दलित समुदाय पेशाबाट विस्थापित हुँदै गएको अवस्थामा संरक्षण गर्न दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल र नरसिंहा प्रदान गरिएको हो । विगतदेखि नै विवाह तथा अन्य चाडपर्वमा भीरकोट–९ को दलित समुदायले पञ्चेबाजा बजाउँदै आएको छ ।