जन्मजात दृष्टि विहिन अस्मीता लाई सहयोग अपिल

कर्णालि प्रदेश सम्वाददाता/- कालिकोट जिल्ला रास्कोट नगरपालिका वडा नं ३ वस्ने अज्जने कुमालकी जेठी छोरी अस्मीता कुमाल जन्मजात दृष्टिविहिन रहेकी छन । उनि हाल १५ वर्षकी भएकी छन । उनिलाई परीवारका सदस्यले स्याहार सुसार गर्न तथा शिक्षा दिक्षा दिन निकै कठिन भईरहेको छ ।

उनलाई परीवारका सदस्यले पटक पटक अस्पताल लैजादा अस्पतालले आखा परीवरर्तन गर्न सकिने तर उपचारका लागी प्रति आखाको सात लाख खर्च लाग्ने जानकारी गराएपछी उपचार गर्न नसकेर घर फिर्ता गरेका एक सामाजिक अगुवा तथा वडा अध्यक्ष देउसीगे कुमालले वताउनु भयो ।

कुमालका अनुसार दलित तथा विपन्न परीवारमा जन्मेकी अस्मीता लाई हुर्काउन तथा पालन पोषणका लागी पारीवारीक आर्थिक श्रोतले व्यावस्थापन गर्न निकै कठीनाई भएको हुदाँ सहयोगी हातहरुको सहयोगमा अस्मीताको शिक्षा स्वास्थ्यको व्यावस्थापनका लागी अभियान थालनी गरेको वताउनु भएको छ ।

सहयाेग अभियान काे सुरुवातमा सामाजिक अभियान्ता दिनेश संज्यालले अस्मीताको व्यावस्थापनको लागी आफुले पाँचहजार सहयोग गरेको र अन्य सहयोगी हातहरु तथा दाँताहरुले निज लाई सहयोगका लागी ग्लोवल आई एम ई वैक रास्कोट साखामा रहेको अस्मीता कुमालको खाता नम्वर E207010001733 मा रकम जम्मा गरीदिनहुन अपिल गर्नुभएकाे छ भने काठमाडौका एक आखा रोग विशेषज्ञ भिम उपाध्यायले निज अस्मीताको रेटीनाको मात्र समस्या भएको हुदाँ रेटीना प्रत्यारोपण गरी अस्मीताले यो संसार देख्न सक्ने कुरा वताउनु भएको छ ।