रास्काेट नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान संचालन

१८ मंसिर २०७७, कालिकोट

घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्गिक हिंसा रहित समाज भन्ने मुल नाराका साथ मङ्सिर १० गतेबाट देशैभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भए लग्गतै रास्कोट नगरपालिका विभिन्न वडा हरुमा मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकोटको आयोजनामा विभिन्न सचेतनामुलक कार्यक्रम संचालन भईरहेका छन् ।

रास्कोट नगरपालिकामा लैगिक हिंसा का घटनाहरु दिन प्रतिदिन वढ्दै गईरहेका हुदाँ उक्त घटना न्युनिकरणका लागी सचेतिकरण कार्यक्रमहरु निरन्तर रुपमा परीयोजना मार्फत संचालन भईरहेको हुरेन्डेक नेपाल कालिकोटका गल्स गेट इक्वाईल प्रिभेन्टीङ चाईल्ड अरलि एण्ड र्फोस म्यारीज परीयोजनाका सुपरभाईजर सुपारी तिरुवाले वताउनु भएको छ ।

परीयोजना मार्फत रास्कोट नगरपालिका स्थित वडा नं १ सुन्दर आधारभुत विद्यालय र वडा नं २ को मोतिराम माध्यामिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्र्तगत मंसिर १७ र १८ गते आम जनसमुदाय लाई सचेतिकरणका लागी भेलाको आयोजना गरी वक्तृत्वकला र हाजिरी जवाफ प्रतियोगिता संचालन गरी कार्यक्रम सम्पन्न गरेको परीयोजना सुपरभाईजर सुपारी तिरुवाले वताउनु भएको छ ।

प्रतियोगितमा प्रत्येक ईभेन्ट वाईज प्रतियोगी किशोरकिशोरीहरु लागी तिन हजार रुपैया नगद पुरस्कार हस्तान्तरण गरीएको र सहभागी जनसमुदायहरु लार्इं चिया खाजाको व्यावस्थापन गरीएको सिओसी सचिव नौले लुवारले जानकारी दिनुभएको छ ।

यो परीयोजना प्लान ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग र मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकोटको सहजिकरणमा कालिकोट जिल्लाको रास्कोट नगरपालिका, नरहरीनाथ गाउपालिका र सान्नीत्रिवेणी गाउँपालिकामा संचालन भईरहेको छ ।