१० पाैष कालिकाेट

कालिकाेट जिल्लामा शनेशनाथ योगीको नेतृत्वमा नेकपा माओबादी केन्द्र कालीकोटको गठन गरिएको छ ।

एमाले माओबादी पार्टी एकता हुदा फुटेर गएको गोपाल किराँती नेतृत्वको माओवादी केन्द्र पनि बिभाजन पछि वनेको कर्णजित वुढाको नेतृत्वको माओबादी केन्द्रले कालीकोटमा आफ्नो पार्टी जिल्ला कमिटिको बिस्तार गरेको छ ।

जिल्ला अध्यक्षमा शनेश नाथ योगी सहित ५१ सदस्यि जिल्ला कमिटिको गठन गरिएको र नेत्रनाथ योगी संयोजकत्वमा २१ सदस्यि वाईसिएल नेपाल कालीकोटको पनि गठन गरिएको नेकपा माओबादी केन्द्रका नेता  जनक कामी सागरले वताउनुभएकाे छ ।

जिल्ला भेलामा नेकपा माओबादी केन्द्रका केन्द्रीय अध्यक्ष कर्णजित वुढा महासचिव नरेश शाही, कर्णाली प्रदेश कमिटि अध्यक्ष धर्मराज विडुवाल, पार्टी पोलिएट ब्युरो सदस्य व्यासी तिरुवा विकास , रगमल रोकाया, कृष्ण वोहोरा तथा नेपाल दलित मुक्ती मोर्चाका केन्द्रीय अध्यक्ष तथा पार्टी पोलिएट ब्युरो सदस्य जनक कामी सागर र केन्द्रीय सदस्य कमला धामी, शहिद परिवारका तर्फवाट गोरे धामी लगाएतका नेताहरुको सहभागीता रहेको नेकपा माओबादी केन्द्र पार्टी श्राेतले जनाएकाे छ।