माधब कुमार नेपालले मागे माफी

१५ पाैष २०७७

पुर्ब प्रधानमन्त्री , नेकपा प्रचण्डपक्षका अध्यक्ष समेत रहेका माधब कुमार नेपालले पौष १४ गते प्राइम टेलिभिजनमा जनता जान्न चाहन्छन भन्ने कार्यक्रममा ऋषि धमालाले लिएको अन्तरवार्तामा“मरे पछि डुमै राजा “ उखान  दलित समुदायलाई अपमान हुने गरि प्रयोग गर्नुभएकाे थियाे ।

जुन थेगो तथा उखान सि‌गाे दलित समुदायहरु लाइ अपमान र होच्याउने प्रचलित छन् ती उखानहरुलाई नेपालको संविधान  बिपरित  र कानुनले  र गलत मानेको छ। यति हुँदा हुँदै पनि बोल्ने क्रममा सांसद कोमल वोलीले पनि कान्तिपुर टेलिभिजनमा अन्तरवार्ता दिदा यहि थेगो प्रयोग गरेकी थिइन ।सामाजिक संजालमा उहाँकाे चर्को बिरोध भए पछि रास्ट्रिय सभामा नै ओलीले माफी मागेकी थिइन् ।

नेता माधव कुमार नेपालले प्राइम टेलिभिजनमा जनता जान्न चाहन्छन कार्यक्रममा  अभिव्यती गरे सके पश्चात सामाजिक संजालमा तृव आलोचना भएपछी दलित समुदाय प्रती क्षमायाचाना गर्नुभएकाे छ।

उहाँले आफ्नो आधिकारिक पेजमा लेखेका छन् हिजो पौष १४ गते एउटा टेलिभिजन अन्तर्वार्ताका क्रममा ब्यक्तिमा रहेको ब्यक्तिवादी प्रवृत्तीको चर्चा गर्ने क्रममा नेपाली समाजमा प्रचलित एउटा उखान प्रयोग गर्दा असावधानीवस् दलित समुदाय लक्षित एउटा शब्द प्रयोग भएकोमा क्षमा याचना गर्दछु । साथै, मैले आफ्नो सिंगो जीवन नै जातीय विभेदको अन्त्य र समनताका पक्षमा लगाएको कुरा स्मरण गर्दै त्यसप्रतिको अविचलित प्रतिबद्धता समेत ब्यक्त गर्दछु