नेकपा (माओवादी केन्द्र) पार्टीकाे कर्णाली प्रदेश एकता भेला सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र )को एकताको प्रथम भेला कर्णाली प्रदेशको राजधानि बिरेन्द्र नगर सुर्खेत स्थित उधोग वाणिज्य संघको हलमा सम्पन्न भएकाे छ ।

टुटफुट र बिभाजन को क्रमभंग गर्दै सम्पुर्ण पार्टी  एक हुनेपर्ने उदेश्यका साथ पहिलाे चरणकाे एकता माओवादी जनमुक्ति पार्टी नेपाल र नेकपा संयुक्त संग पहिलो धुर्बीकरणको सोरुप एकता गरेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) कर्णालि प्रदेश अध्यक्ष धर्मराज विडुवाल ले बताउनुभयो ।

भेलामा उपस्थित नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) का केन्द्रीय अध्यक्ष कर्णजित बुढाथोकी ( सुसिल)ले सम्वाेधन गर्नुभएकाे र सम्वाेधनमा वर्तमान संसदीय ब्यावस्था पुर्ण रुपमा असफल भैसकेको र त्यसको बिकल्पमा अब बृहत राजनीतिक जन प्रामर्श सम्मेलनको अायोजना गरेर सर्व दलित सर्व पक्षिय सरकार गठन गरि राज्य स‌चालन गर्नुपर्ने कुरामा जाेड दिनुकाे साथै संविधान को पुनरलेखन गरि देशलाई समाजवादी गणतन्त्र मा लैजानुपर्ने  भएकाे हुँदा सर्वहारा सरमजिव जनताहरु पार्टीमा एक ढीक्का भएर लाग्न अपिल गर्नुभएकाे कुरा एक सहभागी सागर वि क ले वताउनु भएकाे थियाे ।

एकता भेला प्रदेश अध्यक्ष धर्मराज बिडुवाल को अध्यक्षतामा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) का केन्द्रीय अध्यक्ष कर्णजित बुढाथोकी क. (सुसिल) को प्रमुख आथित्यमा केन्द्रीय उपाध्यक्ष रंगनाथ ढकाल महासचिव नरेश शाही क. (रक्तिम) केन्द्रीय सचिव सिंहराज बि.क(.सृजन ) भरखरै एकता मा अायका माओवादी जनमुक्ति पार्टी का केन्द्रीय अध्यक्ष सुमन श्रेष्ठ प्रेस सेन्टर नेपाल केन्द्रीय अध्यक्ष लोकराज जैशी लगाएका वरीष्ट नेताहरुकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे प्रदेश अध्यक्ष धर्मराज विडुवाल ले बताउनुभयो ।

याे समाचार २०७७ माघ ६ गते काे रहेकाे छ ।