नेकपा माओवादि केन्द्रका पार्टि पोलिटब्युरो सदस्य सहित जम्बो टोली वलि नेतृत्वको नेकपामा प्रवेश

कालिकोट । नेकपा माओवादि केन्द्रका पार्टि पोलिटब्युरो सदस्य ब्यासि तिरूवा ( बिकास ) लगायत एघार जना केन्द्र, प्रदेश र जिल्ला तहका नेता हरु को जम्बो टोली वलि नेतृत्वको नेकपामा प्रवेश गरेका छन ।

तत्कालीन नेकपा माओवादि केन्द्र र तत्कालीन नेकपा एमाले मिलेर नेकपा बनिसकेपछि, नेकपा माओवादि केन्द्र पार्टी सँचालन गरिरहेका नेता गाेपाल किराँतिकाे समुहका पोलिटब्युरो सदस्य नेता ब्यासि तिरूवा (विकास )सहित केन्द्रीय सदस्य विर तिरुवा, प्रदेश कमिटी सचिवालय सदस्य असोक शाहि, प्रदेश सदस्य नविन शाहि, डम्बर शाही, अरुण शाही जिल्ला कमिटी सदस्य नेत्र नाथ योगी,कमल चौलागाई,खडक लुवार,दमन शाही, लँक तिरुवा,मनिसा शाही, निल तिरुवा, रमित कामि, सुनिल शाही, नेत्र बहादुर शाहि,गगन लुवार लगायत को जम्बो टोली जिल्ला स्तरीय वृहत कार्यक्रम मा प्रवेश गरेकाे नेकपा पार्टी का एक नेताले जानकारी दिनुभएको छ ।

माओवादी केन्द्रका जम्बो टोली पार्टी समायोजन मा गए सँगै आगामी दिनमा पार्टी को हैसियत अनुसार को समानान्तर  जिम्वेवारी प्रदान गर्ने गरि पार्टी समायोजन गरिएको नेकपा का केन्द्रिय सदस्य नगिन्द्र शाही नेशनल ले जानकारी दिनुभएको छ ।

शाही का अनुसार पोलिटब्युरो सदस्य ब्यासि तिरूवा विकास सहित को टोली र जनवर्गीय संगठन हरुको व्यावस्थापन समानान्तर तरवारले टुंग्याउने गरि पार्टी समायोजन गरिएको बताउनुभएको छ ।

पार्टी समायोजन कार्यक्रम नेकपा का वरिष्ठ नेता तथा नेपाल सरकार का गृहमन्त्री मन्त्री को प्रमुख अतिथित्यता मा संचालन गरिएको वलि नेकपा को वृहत जिल्ला स्तरीय कार्यक्रम मा गरिएको थियो ।