जनताकाे सेवक वन्यो सेवक दैलेख

५ चैत्र २०७७ दैलेख/-  USAID/DAI को आर्थिक सहयोगमा तथा सेवक दैलेखकाे सामाजिक परीचालनमा स‌चालित पानी परियोजना द्धारा दैलेख कालिकाेट र अछाम जिल्लाका केही पालिकाहरुमा एक कराेड विस लाख वरावरकाे जिविकाेपार्जन सम्वन्धि कार्यक्रम संचालन गरीएको छ ।

दैलेख जिल्लाकाे आवि ,चावि,दुल्लु नपा, ठाँटीकांध, भैरवी गापा अछाम जिल्लाको पंचदेवल विनायक , कमलबजार नपा, तुर्माखांद गापा , कालीकोट जिल्लाको नरहरीनाथ गापा मा जलिय जैविक विविद्यता संरक्षण कार्यक्रम अन्तरगत जलचर संरक्षण गतिविधि संचालन भइरहेकाे सस्थाका अध्यक्ष महारुप खत्रीले जानकारी दिनुभएकाे छ ।
खत्रिका अनुसार समुदाय स्तरमा विभिन्न समूह मार्फत नदी सरसफाई, प्लास्टीक टनेल मा तरकारी खेती, सिंचाई पोखरी, माछा सहकारी मार्फत संकलन केन्द्र स्थापना र एकिकृत माछापालन (वंगुर र हाँस) का लागी ८ वटा पोखरी र १ वटा माछा नर्सरी र १५ वटा माटोको सिंचाई पोखरी तयार भइरहेकाे र कतिपय क्रियाकलापहरु सम्पन्न भएकाे वताउनु भयाे ।
उक्त परीयाेजना स‌चालनले खाेलानाला नदिहरु सफा हुनुका साथै गरीव परीवारहरुकाे आर्थीक उन्नति हुने र गरीवि निवारण तिर उन्मुख भएकाे स्थानियहरुकाे भनाइरहेकाे छ । त्यसैले सेवक दैलेख सस्था स‌चालन देखी गरीव निमुखा र दलित समुदायकाे सधैव सेवक वनेर जनताकाे सामु आइरहेकाे स्थानिय समुदायले वताएका छन् ।