ओली सरकारले वढाउने भयाे वृद्धभत्ता लगायतका सामाजिक सुरक्षा भत्ता

१७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गर्नुभएकाे छ ।

मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उहाँले साउन १ गतेदेखि वृद्धभत्ता लगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गर्नुभएकाे हाे ।

प्रधानमन्त्री ओलीले पहिलो बजेटमै सामाजिक सुरक्षा भत्ता नबढाएको भन्दै आलोचना भएकाे हुदाँ दोस्रो बजेटमा बढाएको बताउनु भएकाे हाे ।

सामाजिक सुरक्षा भत्ता नबढाए पनि सामाजिक सुरक्षाको क्षेत्रमा थुप्रो काम गरेको भन्दै उहाँले अरु काम पनि गर्दै जाने बताउनु भएकाे छ ।

‘कसैलाई आपत्ति लाग्ला । आपत्ति लाग्छ भने फेरि भन्छु साउन १ देखिलागु हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ’ उहाँले भन्नुभएकाे छ ।