१९ चैत्र २०७७ कालिकोट । पचालझरना गाउपालिकाको स्थित सिकुमा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत कृर्षि सडकको सिल्यान्यास पालिकाका अध्यक्ष खडक राज सेजुवालले एक कार्यक्रमका विच गुर्नभएको छ ।

ग्रामिण कृर्षि सडक निर्माण योजना प्रधानमन्त्रि रोजगार कार्यक्रम मार्फत २६ लाख ८५ हजार, कर्णालि प्रदेश सरकार मार्फत १० लाख र गाउँपालिका मार्फत १० लाख गरी जम्मा ४६ लाख ८५ हजारमा सडक निर्माण गर्न लागीएको हो ।
उक्त सडक तत्काल वडा नं १ को स्वास्थ्य चौकि भवन देखी काडाँगाउँ टोल सम्म उपभोक्ता समिति मार्फत तत्काल निर्माण कार्य संचालन गरीने आगामि वर्षमा प्रधानमन्त्रि रोजगार कार्यक्रम मार्फत क्रमागत रुपमा वजेटिङ गरी निर्माण गरीने सिलान्यासमा सहभागी करविर वि क ले वताउनुभएको छ ।