रास्काेट सामुदायीक अस्पताल नगरपालिका लाई हस्तान्तरण

३१ चैत्र २०७७, कालिकाेट/- रवि फाउण्डेसनको अगुवाईमा संचालन भएको रास्कोट सामुदायिक अस्पताल एक कार्यक्रमको औपचारीक आयोजना गरी रास्कोट नगरपालिका लाई हस्तान्तरण गरीएको छ ।

हस्तान्तरण कार्यक्रममा रवि फाउण्ेसनका सयोजक तथा संचालक रवि लामिछाने, राष्टिय सभाका माननिय नरपति सुनार, रास्कोट नगरपालिकाका नगर प्रमुख कासीचन्द्र वराल, उपप्रमुख मिमसरा वम शाहीको उपश्थितिमा अस्पाल हस्तारण गरीएको कार्यक्रमका एक सहभागी ले ई साझा खवर लाई जानकारी दिनुभएको छ ।

विकट वस्तीलाई स्वास्थ्य सेवामा पहुँच वृद्धि गरेको हुदाँ रास्कोटी जनताले रवि फाउण्डेसनका सयोजक तथा संचालक रवी लामीछानेलाई फुलमाला अविर तथा वाजागाजाले भव्य स्वागत गरेका समेत रास्कोट नगर श्रोतले जनाएको छ ।