१७ असार २०७९/-कालिकाेट
कालिकोट जिल्लाको रास्कोट नगरपालिकाले आफ्नो निति तथा कार्ययोजना निर्माण गरेको एक हप्तामै प्रतिवद्धता लाई कार्यन्वयनमा ल्याएको छ ।
रास्कोट नगरपालिकाका मेयर धर्मराज शाही पोषणले पालिका स्थीत ९ वटै वडाका जनता लाई पालिकाले प्रवाह गर्ने सेवामा जनताको प्रत्यक्ष पहँुच पुर्याउने उदेश्यले घटना दर्ता शिविर पालिकाका ९ वटै वडामा संचालन गरेका छन्् ।

घटना दर्ता शिविर विशेष गरेर पालिका स्थीत सवै वडा तथा टोलमा भएका हरेक घटनाहरु जन्म, मृत्यु , विवाह, सम्वन्ध विच्छेद, जेष्ठ नागरीक, एकल महिला, लाेपउन्मुख वालवालिका, असक्त अपागता तथा वसाइसराइ जस्ता विषयवस्तुमा केन्दीत रहेर अभियान संचालन गरेको रास्कोट नगरपालिका मेयर धर्मराज शाही (पोषण) ले वताएका छन् ।
शाहीका अनुसार घटना दर्ता शिविर सवै वडामा मात्र सिमित नरहेर वडाका हरेक टोलटोलमा विभिन्न खालका जनचेतनामुलक कार्यक्रमको सृजना गरेर शिविर संचालन गर्ने र उक्त शिविर आफ्नो कार्यकाल सम्म निरन्तरता दिने जानकारी दिएका छन् ।
मेयर शाही ले आफु र्निवाचित भइसके पश्चात आफ्नो चुनावि घोषणा पत्र तथा पालिकामा निर्माण गरीएको निति तथा कार्यक्रमको कार्यन्वयन भित्रका सवै योजना मध्ये यो योजना चौथोे स्थानमा कार्यन्वयनको अवस्थामा देखा परेको छ । यस अघि प्रतिवद्धतामा रहेको रास्कोट अस्पताल सम्मको वाटोको पहुचँ पुर्याउने, घरघरमा गर्ववति महिलाको स्वास्थ्य परीक्षण सेवा पुर्याउने तथा पालिकामा गैसस सहयोग डेस्क स्थापना गर्ने र कार्यन्वयनमा ल्याउने कार्य सम्पन्न भइ सकेको पालिका श्रोतले वताएको छ ।