नागरीकको गुनासो सुनुवाईका लागी रास्कोट ले संचालनमा ल्यायो टोल फ्रि सेवा

३० असार २०७९, कालिकोट

कालिकोट जिल्लाको रास्कोट नगरपालिकाले नागरीकको गुनासो सुनुवाईका लागी टोल फ्रि सेवा संचालनमा ल्याएको छ ।

पालिका स्थीत सम्पुर्ण नागरीकहरुले पालिका सरकारले संचालन गरेका हरेक गतिविधि लगायत जनताका हरेक जनचासोका विषय वस्तुहरु लाई पालिका सरकार समक्ष सहज तवरले गुनासो सुनुवाई गर्नका लागी नगर पालिकाले टोलफ्रि सेवा संचालनमा ल्याएको मेयर धर्मराज शाही (पोषण) ले जानकारी दिएका छन् ।

मेयर शाहीका अनुसार नगरपालिकाका हरेक सर्वसाधरण जनताहरु पालिकामा आएर अभिव्यक्ति गर्न नसक्ने, उजुरी दिदा विभिन्न हिंसा हुने र त्रसित हुने हुदाँ उनिहरुको सुचनाको हकमा पहँुच पुर्याउन तथा गुनासोको अधिकार सुनिश्चितता गर्नका लागी टोल फ्रि नं १६६०८७४४०४४ संचालन ल्याएको वताएका छन् ।

रास्कोट नगरपालिकाले टोल फ्रि सेवा संचालन गरीसके पछि आगामि दिनमा रास्कोटका नागरीकहरु ले जतिवेला पनि आफ्नो गुनासो नगर सरकार लाई दिन सक्ने अधिकारको सुनिश्चितता भएको छ । यो कार्य लगायत रास्कोट नगरपालिका सरकार ले दुई महिना भित्रै एक दर्जन भन्दा वढि काम कार्य सम्पन्न गरी प्रगतिका पाइला चालेको छ । टोल फ्रि नम्बर संचालन गर्ने पहिलो पालिकाको रुपमा रास्कोट नगरपालिका भएको छ।