माटोको भाडा वनाउने उद्मीलाइ यथासिर्घ व्यावस्थापन गर्छु -नगर प्रमुख धर्मराज शाही (पोषण)

अशोक कुमार शाही

साउन २, कालिकोट । जिल्लाको रास्कोट नगरपालिका ३ का स्थानीयले आफ्नो पुख्र्यौली पेसा संकष्टमा परेका भन्दै यसको बजार व्यावस्थापनको माग गर्दै नगर प्रमुख धर्मराज शाही पोषणलाई भेटेका छन ।

रास्कोट नगरपालिका–३, साँगटियाका मन्नामे कुमालले आफ्नो समुदायको पुर्खौली पेसा संकटमा परेकाले यसको बजार व्यावस्थापन गरि दिन भन्दै नगर प्रमुख शाहीको कार्यकक्षमै माटोको भाडा सहित भेटेका हुन ।

पुर्खा देखि चल्दै आएको पेसा संकटमा पर्दै गएको र सामग्री बनाउनका लागि कच्चा पदार्थ संकलन गर्न धेरै टाढा धाउनु पर्ने मिहिनेत अनुसार बजार मुल्य नपाईने भएकाले वर्षौ देखि गर्देै आएको पेसाबाट विस्तापित हुनु परेको कुमाले गुनासो गरे ।

अहिले बजारमा पाईने विभिन्न पलाष्टिकका सस्ता भाँडाकुँडाले गर्दा आफुहरुको पेसा संकटमा परेकाले जिवीको पार्जन गर्नु समेत धौउधौउ भएको कुमाको भनाई थियो । माटोका भाँडा बिक्री गरेर आएको अन्न र पैसाले जिविको पार्जन गर्दै आएका कुमाल समुदायहरुलाई आज भोलि यो पेसाबाट घर चलाउन सम्भव नएकाले पेसानै छोड्नु परेको अर्का नरि कुमालले बताए ।

स्थानिय सरकारले आफ्नो पुख्र्यौली पेसालाई जोगाउन सहयोग गरिदिए जीवन निर्वाह गर्न मद्दत पुग्ने भन्दै माटोबाट बनाईने सामाग्रीहरुको बजार व्यावस्थापन गरि दिन मेयर शाहीलाई आग्रह गरेका थिए ।

वडा नः ३ का कुमाल समुदायका अधिकांस व्यक्तिहरु हलो देखि विभिन्न प्रकारका माटोका भाँडाकुडा बनाउने सीप र कला छ तर उनिहरुले बनाइका सामाग्रीहरुले बजार नपाउदा उनीहरुले पेसाबाटै विस्तापित हुनु पर्न बाध्यता छ ।
उक्त माटोका भाडा वनाउने पेसा संकटमा नर्पन दिनका लागी नगरपालिका मेयर धर्मराज शाही (पोषण) ले तत्काल व्यावसाय व्यावस्थापनका लागी आपश्यक सम्पुर्ण गतिविधिमा सहयोग गर्ने कुरा व्याक्त गरेका छन् ।