शान्ति अमन चयनको प्रत्याभुति दिनु मेरो परम र्कतव्य हो-प्रमुख जिल्ला अधिकारी रामहरी शर्मा

१२ साउन २०७९, कालिकोट

कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले कालिकोट जिल्लाको शान्ति अमन चयन गर्ने आफ्नो परम कर्तव्य भएको हुदाँ कालिकोटे नागरीकलाई शान्ति, सुरक्षा,अमनचयन र सुशासनको प्रत्याभुति दिलाएर छाड्ने कुरा हाम्रो साझा वहस मार्फत आम नागरीकलाई जानकारी दिएका छन् ।

हाम्रो साझा वहसमा उनले हरेक नागरीकको जिउ धनको सुरक्षा को प्रत्याभुति दिदै समाजमा भएको विकृति विसंगतिहरु लाई निवारण गर्नका लागी जिल्ला प्रशासन कार्यलय कालिकोट तथा जिल्ला प्रहरी कार्यालय कालिकोट निरन्तर जनसेवामा लागीरहेको कुरा वताएका छन् ।

समाजमा व्याप्तरुप्मा रहेको जातिय भेदभाव, छाउपडि पर्था वालविवाहले समाज जगेडीरहेको हुदाँ उक्त समस्यालार्ई न्युनिकरण गदै निवारणका लागी जिल्ला स्थित सरोकारवाला निकाय संग आवश्यक समवन्य तथा सहकार्य गरेर समाज परीवर्तनको मुल ऐजण्डामा समाहित भएर निरन्तर लाग्ने र वालविवाह न्यनिकरणको लागी आवश्यक सुचकहरुको कार्यपुरा गदै अवको तिन वर्ष भित्र वालविवाह मुक्त जिल्ला घोषण गर्ने योजना समेत रहेको कुरा व्यक्त गरेका छन ।

उनका अनुसार जिल्ला प्रशासन कार्यलयको प्रमुख जिम्मेवारीमा विपद व्यावस्थापन समिति हुने भएको हुदाँ आगामि वर्षमा आएको वाढि पहिरो पिडितहरुको राहत वितरणको कार्य हाल जिल्ला प्रशासन कार्यलयले गरीरहेको र आगामि दिनमा विपद व्यावस्थापनका आवश्यक मापदण्ड पुरा गरेर आकस्मीक विपद व्यावस्थापनमा जिल्ला प्रशासन कार्यलय कालिकोट तयारी अवस्थामा रहेको कुरा समेत जानकारी दिएका छन ।

उनले थपे सुशानको प्रत्याभुति दिने महान अभियानमा जिल्ला प्रशासन कार्यलय भएको हुदाँ हरेक टोल, गाउ, वस्ती, वडा तथा पालिका र जिल्ला स्तरमा भएको हरेक अनियमितताहरुको चिरफार गर्न र सुशान कार्यम गर्न हरेक नागरीकको कर्तव्य भएको हुदाँ त्यस्ता खालका घटना घट्न गएमा जिल्ला प्रशासन कार्यलय कालिकोटको फोन तथा प्रमुख जिल्ला अधिकारीको फोनमा सिधै सम्पर्क गरेर उजुरी टिपाउन समेत अनुरोध गरेका छन् ।