अतिरीक्त क्रियाकलापले गर्यो किशोर किशोरीहरुको नेतृत्व विकास

कालिकोट जिल्लाको सान्नित्रिवेणी गाउपालिका स्थित डाफे माध्यामिक विद्यालयमा विद्यालयका किशोर किशोरीहरु तथा सिओसिका पदाधिकारीहरुको नेतृत्वमा क्षमता विकास का लागी अतिरीक्त क्रियाकलाप संचालन गरीएको छ ।

प्लानइन्टरनेश्नल नेपालको आर्थिक सहयोग तथा मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल को साझेदारीमा संचालित वालविवाह, छिटो विवाह तथा जर्वजस्ती विवाह न्युनिकरण परीयोजना द्धारा किशोरकिशोरीहरुको नेतृत्वमा क्षमता विकास का लागी अतिरीक्त क्रियाकलाप संचालन गरीएको परीयोजनाका फिल्ड सुपरभाईजर सुपारी तिरुवाले जानकारी दिएका छन् ।

परीयोजना फिल्ड सुपरभाइजर तिरुवाका अनुसार परीर्वतनका सम्वाहक (सिओसि) समुहका पदाधिकारीहरु तथा विद्यालयका किशोर किशोरीहरुलाई वालविवाह, छिटो विवाह तथा जर्वजस्ती विवाह न्युनिकरण गर्न नेतृत्व विकास तथा सिप विकास लागी परीयोजना मार्फत अतिरीक्त क्रियाकलाप वालविवाह न्युनिकरणमा किशोर किशोरीहरुको भुमिका विषयक वक्तृत्वकला प्रतियोगिता संचालन गरीएको वताएका छन् ।
प्रतियोगीतामा भाग लिने हरेक किशोर किशोरीहरुले हाल समुदाय स्तरमा वालविवाहका घटनाहरु कसरी भईरहेका छन् ? त्यसको मुख्य कारण के हो ? त्यस लाई न्युनिकरण गर्न के गर्नुपर्ला ? किशोर किशोरीहरुको भुमिका के रहन्छ ? भन्ने विषयमा केन्द्रीत रहेर वक्तृत्वला मा आफ्नो प्रतिभा लाई प्रस्तुत गरेको सहभागी किशोर हिक्मत लुवार ले वताएका छन् ।

किशोर लुवारका अनुसार हुरेन्डेक नेपालले संचालन गरेका अतिरीक्त क्रियाकलापले समाजमा रहेको विकृति विसंगतिको अन्त्य गर्नुको साथै हरेक किशोर किशोरीहरु तथा सिओसी व्यावस्थापन समिति र सिओसि समुहका पदाधिकारीहरुको नेतृत्वमा क्षमता विकास र अन्तृनिहीत प्रतिभाको प्रस्फुटन गर्न मदत गरेको छ । हिजो दुइ चार जना व्याक्तिको अगाडि वोल्न नसक्ने मान्छे लाई अहिले वोल्न सक्ने वनाएको छ । आफु संग भएको प्रतिभा लाई देखाउन लाज मान्नेहरु लाई आज हरेक प्रतिभाहरु लाई सहजै हरेक कार्यक्रममा प्रस्तुत गर्न सक्ने क्षमताको विकास गरेको छ भने अन्याय र अत्यचारको विषयमा पनि सहजै पैरविका काम कार्य गर्न सक्ने क्षमताको विकास पनि हुरेन्डेक नेपाल ले गरेको हुदाँ सस्था लाई हार्दिक धन्यवाद समेत दिएका छन् ।

समुदाय स्तरमा जगडिएर वसेको रुडीवादी परम्परा तथा सस्कृतिकका कारणले हुने गरेका विभिन्न वाल वैवाहिक हिंसाको घटनाहरु पुर्णरुपमा अन्त्यस्टी गर्न का लागी सुमदाय तथा विद्यालय स्तरमा यस्ता खालका जनचेतनामुलक क्रियाकलापले टेवा पुर्याउने भएको हुदाँ निरत्तरताका लागी सहभागीहरु मार्फत अनुरोध समेत गरीएको वताइएको छ ।

परीयोजना सुपरभाईजर तिरुवाका अनुसार वक्तृत्वकला प्रतियोगीतामा विद्यालयका सम्पुर्ण विद्यार्थिहरु, शिक्षक तथा अभिभावक र सिओसि व्यावस्थापन समितिका पदाधिकारीहरुको सहभागीतामा संचालन गरीएको र प्रतियोगितामा सहभागी भइ स्थान प्राप्त गर्ने विद्यार्थिहरु लाई शैक्षिक समाग्री पुरस्कार वापत हस्तान्तरण गरीएको समेत जानकारी दिएका छन् ।