क्षमता अभिवृद्धि गर्यो अतिरीक्त क्रियाकलापले

२७ साउन २०७९ कालिकाेट

कालिकोट जिल्लाको रास्कोट नगरपालिका स्थित वडिमालिका माध्यामिक विद्यालयमा किशोर किशोरीहरुको नेतृत्वमा क्षमता विकास का लागी अतिरीक्त क्रियाकलाप संचालन गरीएको छ ।

प्लानइन्टरनेश्नल नेपालको आर्थिक सहयोग, मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल को साझेदारीमा संचालित वालविवाह, छिटो विवाह र जर्वजस्ती विवाह न्युनिकरण परीयोजना द्धारा रास्कोट नगरपालिका स्थित वडिमालिका विद्यालयका किशोरकिशोरीहरुको नेतृत्वमा क्षमता विकास का लागी अतिरीक्त क्रियाकलाप हाजिरी जावाफ प्रतियोगीता संचालन गरीएको परीयोजनाका फिल्ड सुपरभाईजर दिपेन्द्र वहादुर शाहीले जानकारी दिएका छन् ।

सुपरभाइजर शाहीका अनुसार हाजिरी जवाफ प्रतियोगिता मा वालविवाह, छिटो विवाह र जर्वजस्ती विवाह न्यनिकरण कसरी गर्न सकिन्छ, यसका रोकथामका उपायहरु के के हुन र कानुनि प्रावधानहरु के के छन ? प्रजनन स्वास्थ्य भनेको के हो ? किशोर अवस्था भनेको के हो ? भन्ने जस्ता विषयमा केन्द्रीत रहेर प्रश्नउत्तोर निर्माण गरी हाजिरी जवाफ प्रतियोगीता संचालन गरीएको वताएका छन् ।

परीयाजनाको मुख्य विषय वस्तु तथा उदेश्य संग केन्द्रित रहेर हाजिरी जवाफ प्रतियोगीता संचालन गरीएको हुदाँ वालविवाह, छिटो विवाह, जर्वजस्ती विवाह रोकथामका उपायहरु, कानुनि प्रावधानहरु र प्रजनन स्वास्थ्य अधिकारहरुको विषयमा सम्पुर्ण विद्यार्थिहरु सुसुचित भएको सिओसि व्यावस्थापन समितिका अध्यक्ष कृष्णलाल संज्यालले वताएका छन् ।

अध्यक्ष संज्यालका अुनसार वडिमालिका माध्यामिक विद्यालयमा वालविवाह, छिटो विवाह र जर्वजस्ती विवाह रोकथाम सम्वन्धमा अतिरीक्त क्रियाकलाप संग जोडेर यस अघि हुरेन्डेक नेपालले वकृत्वकला, निवन्ध प्रतियोगीता, हाजिरी जवाफ प्रतियोगीता, विभिन्न खेलहरु तथा परार्मश कक्षाहरु संचालन भएको हुदाँ हरेक किशोर किशोरीहरु उक्त विषवस्तुमा परीपक्क भएको र छरछिमेक, गाउघर र पालिकामा घट्ने घटनाहरु लाई न्युनिकरणका लागी किशोर किशोरीहरुले पैरवी समेत गरीरहेको जानकारी दिएका छन् ।

हाजिरी जवाफ प्रतियोगीता सिओसि व्यावस्थापन समितिका अध्यक्ष कृष्णलाल संज्यालको अध्यक्षता तथा वडिमालिका माध्यामिक विद्यालयका नि प्र अ प्रमोद कुमार शाहीको प्रमुख अतिथित्यता तथा सम्पुर्ण विद्यालयका विद्यार्थिको सहभागीतामा संचालन गरीएको र प्रतियोगितामा सहभागी भइ स्थान प्राप्त गर्ने विद्यार्थिहरु लाई शैक्षिक समाग्री पुरस्कार वापत हस्तान्तरण गरीएको सुपर भाइजर दिपेन्द्र वहादुर शाहीले जानकारी दिएका छन् ।
याे समाचार २०७९ साउन २७ गतेकाे हाे । late post