महिनावारी स्वच्छतताका लागी सान्नि त्रिवेणी गाँउपालिकाले वाड्यो प्याड भेन्डींग मेसिन

२०७९ भदाै १० कालीकाेट

विद्यालयमा पठन पाठन गर्ने किशोरीहरुको महिनावारी स्वच्छतताका लागी सान्नित्रिवेणी गाउपालिका ले पालिकामा रहेका ७ वटा माध्यामिक विद्यालयमा सेनिटरी प्याड भेन्डींग मेसिन वितरण कार्यको सुरुवात गरेको छ ।

सान्नित्रिवेणी गाउपालिका उपाध्यक्ष र्पावति सिहँ (संज्याल) द्धारा समाज परीर्वतनका लागी हाम्रो अभियान भन्ने मुल नाराका साथ किशोरी संग उपाध्यक्ष कार्यक्रम मार्फत पालिकाका माध्यामिक विद्यालयमा स्मार्ट कार्ड सहीतकाे सेनिटरी प्याड भेन्डीगं मेसीन वितरण कार्य संचालन गरीएको र आज पहिलो दिन वडा नं ५ मा रहेको कालिका मावि डाडाखेतमा वितरण गरीएको वताएका छन् ।

उपाध्यक्ष सिहँ का अनुसार विद्यालयमा महिनावारीकै कारणले हरेक किशोरीहरुले कक्षा छाड्ने दर उच्च रहेको र उनिहरुको पठनपाठनमा निकै वाधा व्यावधान खडा हुन पुगेको हुदाँ उक्त समस्यालाइ पुर्णरुपमा स्थायि समाधानका लागी प्याड भेन्डींग मेसिन वितरण गरीएको जानकारी दिएका छन् ।

उनले थपे हरेक किशोरीहरु लाई अव प्याड अभावको कारण ले विद्यालय जान तथा व्याक्तिगत स्वास्थ्य व्यावस्थापन गर्न समस्या हुन नदिनका लागी आफु कुनै पनि कसुर वाकि नराख्ने र पालिका स्तरमा अव महिनावारी भएको महिला माथि हुने सवै खालका भेदभाव निकट भविष्यमा निवारण गर्नका लागी सम्पुर्ण गतिविधि संचालन गरेर अवको २ वर्ष भित्र छाउपडि मुक्त पालिका घोषण गर्ने कुरा समेत व्याक्त गरेका छन् ।

भ्यान्डींग मेसीन पालिकामा रहेका माध्यामिक विद्यालय (संकर मावि सेरीज्युला, मष्टो मा वि वुडठिगे, विद्याज्योति मा वि लुइयाटा, जनजोति मावि तिकुवा, कालिका मा वि डाडाखेत, पंचदेवल मावि मेहलमुडी र डाफे मावि मुम्रा ) मा वितरण गर्ने योजना रहेको र उक्त भ्यान्डीगं मेसीन वितरण योजना १३ लाखको लगानिमा संचालन गरीएको वताइएको छ ।