सुत्केरि हुन नसकेकि महिलालाई हेलिकप्टर मार्फत उद्दार ।।

कालिकोट

सान्नी त्रिवेणि गाउँकाकि एक जना महिलालाई हेलिकप्टर मार्फत सुर्खेत रेफर गरिएको छ । सान्नी त्रिवेणि गाउँपालिका वडा नं ६ निवासि वविता सार्की सुत्केरि हुन नसकेपछि आज हेलिकप्टर मार्फत रेफर गरिएको हो । राष्टपति सुत्केरि उथ्थान कार्यक्रम अन्तरॐगत गाउँपलिका अध्यक्ष र उपाध्यको पहलमा नेपाली सेनाको हेलिकप्टर मार्फत रेफर गरिएको हो ।

स्वास्थ्य चौकि मेहलमुडिमा सुत्केरि गराउन नसकेपछि सुर्खेत रेफर गरिएको गाउँपालिका अध्यक्ष मोहन बहादुर केसिले बताए ।स्थानिय सरकार अनुभुति गराउनका लागि नागरिकहरुलाई सहज रुपमा सेवा दिनका लागि आफुहरु जनताको सेवक बनेर काम गरिरहेको केसिले बताए ।

यो आर्थिक वर्षमा मात्र गाउँपालिकाका ३ जनालाई उद्दार गरिएको उपाध्यक्ष पार्वति शिह संज्यालले बताईन । अबस्था जटिल भएको हुँदा गाउँपालिकाको यम्बुलेन्स मार्फत पठाउन नसकेको र हेलिकप्टरको लागि पहल गरेको उनको भनाई छ । पालिका भित्रका जटिल खालका विरामिलाई एम्बुलेन्स मार्फत पनि निशुल्क सेवा दिदै आएको शिहको भनाई छ ।

जिल्ला अस्पताल कालिकोटले रेफर गरिएको विरामिलाई आफुहरुले सुत्केरि गराउन नसकेपछि रेफर गरिदिएको स्वास्थ्य चौकि मेहलमुडिका ईन्चार्ज छत्र बमले बताए ।