सुन्दरी नायिका सुरक्षा पन्तले यी ह्याण्डसमसँग लगनगाँठो कस्दै, जो उनका प्रेमी पनि हुन्

काठमाडौं – अन्तराल अभिनेता मानब सुवेदीसँग अभिनेत्री सुरक्षा पन्त विवाह बन्धनमा बाधिने भएकी छन् । यो जोडीले फागुन २५ गते विवाह गर्न लागेका हो । यी दुईले केही वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् ।‘

चितवनमा हुने विवाह समारोहमा परिवार र निकट आफन्तलाई मात्र बोलाएर परम्पराअनुसार विवाह गर्ने तयारी छ ।सन् २०१५ मा रिलिज भएको ‘अझैपनि’बाट सुरक्षाले अभिनय करिअर थालेकी थिइन् ।

यता मानबले भने पहिलो फिल्म अन्तरालपछि नेपथ्य र चिनी कम रङ कडामा अभिनय गरेका थिए । ओस्कार फिल्म कलेजबाट फिल्मको अध्ययन गरेका सुवेदी झापाका हुन। यी दुई ६ वर्षदेखि प्रेम सम्बन्धमा थिए । दुवैले सम्बन्धलाई अहिले सम्म बाहिर ल्याएका थिएनन् । सुरक्षा पछिल्लो समय व्यस्त नायिकामा पर्छिन् ।