सुनचाँदीको मूल्य स्थिर

काठमाडौं, ८ फागुन । नेपाली बजारमा सोमबार सुनचाँदीको कारोबार स्थिर रहेको छ । आइतबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

सोमबार तेजाबी सुनको मूल्य १ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो पनि सोही मूल्यमा खरिदबिक्री भएको थियो ।यस्तै, साेमबार चाँदीको पनि स्थिर रहेको छ । आइतबार तोलामा १५ रुपैयाँले बढेको चाँदीको भाउ साेमबारको कारोबार भने स्थिर रहेको छ । सोमबार चाँदीको मूल्य १२ सय ९० रुपैयाँ पुगेको छ ।