विपिन कार्की रोइरहेको दृश्य कसरी बन्यो भाइरल ?

काठमाडौँ । अभिनेता विपिन कार्कीको प्रतिक्षित फिल्म हो ‘फूलबारी’ । जसको हालै सम्पन्न प्रिमियरको सर्वत्र चर्चा छ । ‘फूलबारी’को प्रिमियरमा निर्माण यूनिट, संचारकर्मी तथा केही चलचित्रकर्मीको उपस्थिती थियो ।

जसका लागि भने फिल्म ‘भागवत गीता’ को छायांकन ‘ब्रेक’ गरेर जनकपुरबाट काठमाडौं आइपुगेका अभिनेता विपिन फिल्म हेर्ने क्रममा भावुक हुँदै रोएको दृश्यले संचारमाध्यममा स्थान पाइरहेको छ ।

प्रिमियरमा प्रतिक्रिया दिने क्रममा विपिन आँफुले चाहेर पनि कथासँग बग्दा आँशु सम्हाल्न नसकेको विपिनले प्रतिक्रिया दिएका छन् । उनको भिजेको अनुहार देखेपछि प्रेस ब्रिफिङमा आँशु होकी पसिना भन्ने प्रश्नमा विपिनले भने फिल्म हेरिरहँदा कतिपटक रोएँ, त्यो त गनिएन । आँखा रसाइरहे । र मैले मुख धोएर आएँ ।

अभिभावक र सन्तानबीचको सम्बन्धको कथा रहेको फिल्ममा उपेन्द्र सुब्बाको पटकथा र कमल किशोर मलपानीको कथा रहेको फिल्मको निर्देशन रामबाबु गुरुङले गरेका हुन् । फिल्ममा विपिन र अरुणासँगै दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखकलगायतका कलाकारहरुको अभिनय रहेको छ ।