चाँंगुनारायणका कुखुरा फार्महरुमा बर्ड फ्लु्, एक हजार बढी कुखुरा नष्ट

भक्तपुर, १० फागुन । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ८ रातोपाटीमा रहेको पोल्टी फार्मभित्रका कुखुराहरुमा बर्डफ्लु भेटिएको छ ।चाँगुनारायण पोल्टी एण्ड ह्याचरी उद्योग प्रा.लि., अर्जुन गिरी पोल्टी फर्म, आदित्य पोल्टी फर्ममा बर्डफ्लु देखिएको हाे ।

पोल्टी फार्महरुमा बर्डफ्लु देखिए पछि पशु विभागको चिकित्सक श्रीजा वाग्ले, पशुसेवा विभागका प्राविधिक आत्माराम शर्मालगायतकाे टाेलीले कुखुरा र अन्डालगायत सामान समेत नष्ट गरेका छन् ।जसअनुसार कुखुरा १०४८०, चल्ला १०५०, दाना १४७५ के.जी र अण्डा ४५२३ वटा नष्ट गरिएको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जानकारी दिए ।