कुमारी बैंकको सेयर लिलामी भर्ने आज अन्तिम दिन

काठमाडौं, ११ फागुन । कुमारी बैंकको सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ। आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । बैंकको २७ लाख ५५ हजार २५३ कित्ता संस्थापक सेयर माघ २६ गतेदेखि लिलामी बिक्री खुला गरेको हो ।

यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनी तथा व्यक्ति, कम्पनी तथा संघसंस्थाले खरिद गर्न पाउने छन । उक्त सेयरमा न्यूनतम १३८ रुपैयाँ तोकिएको भए पनि सेयर खरिद गर्न इच्छुकहरुले सो भन्दा बढी मूल्य बोलकबोल गर्नुपर्नेछ ।

सो सेयरमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि लगानीकर्ताले आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।