अमेरिकी डलरकाे मूल्यमा सामान्य वृद्धि, युरोको भाउ घट्यो

काठमाडौं, १४ फागुन । नेपाल राष्ट्र बैंकले आइबारको विनिमय दर सार्वजनिक गरेको छ। आइतबार अमेरिकी डलरको भाउ सामान्य वृद्धि भएको छ भने युरोपियन युरो र अष्ट्रेलियन डलरको भाउ घटेको छ।आइतबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ११ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७१ पैसा कायम गरिएको छ। शुक्रबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६८ पैसा थियो। यो मूल्य अघिल्लो कारोबारको तुलनामा ३ पैसाले पैसा बढेको हो।

नेपाल राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १३९ रूपैयाँ ८५ पैसा र बिक्रीमा १४० रूपैयाँ ४९ पैसा पाइन्छ। यो मूल्य अघिल्लो शुक्रबारको तुलनामा १५ पैसा घटेको हो।

शुक्रबार युरो एकको खरिदमा भने १४० रूपैयाँ र बिक्रीमा १४० रूपैयाँ ६३ पैसा कायम गरिएको थियो। त्यसैगरी, आइतबार अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रूपैयाँ ६३ पैसा र बिक्रीमा ९० रूपैयाँ ४ पैसा तोकिएको छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५८ रूपैयाँ ९२ पैसा र बिक्रीदर १५९ रूपैयाँ ६४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमूल्य ९७ रूपैयाँ ३८ पैसा र बिक्रीमूल्य ९८ रूपैयाँ ८२ पैसामा कारोबार भइरहेको छ।

आइतबार राष्ट्र बैंकले कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २० पैसा र बिक्रीमा ३६ रूपैयाँ ३६ पैसा कायम गरेको छ । यता, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३७ पैसा तोकिएको छ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९७ पैसा र बिक्रीमा ३६ रूपैयाँ १३ पैसा पाइन्छ भने मलेसियन रिंगिट एकको खरिदमूल्य २९ रूपैयाँ ७८ पैसा र बिक्रीमूल्य २९ रूपैयाँ ९२ पैसा तोकिएको छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ४४ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ३९ पैसा पाइन्छ। बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ४७ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ६ पैसा तोकिएको छ।