प्रतिनिधिसभा बैठक १ बजे

काठमाडौं, १५ फागुन । संघीय संसद अन्र्तगतको प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।संघीय संसद सचिवालका अनुसार सोमबार दिउँसो दिनको १ बजे उक्त बैठक बस्नेछ ।

राष्ट्रपति कार्यालयवाट आएको पत्रसहित सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताब पारित गरिने बुझिएको छ।