फरक क्षमता भएका टि–२० क्रिकेटः भारत बिरुद्ध खेल खेल्न आज नेपाली टोली जाँदै

काठमाडौं, १६ फागुन । फरक क्षमता भएकाको टी– २० क्रिकेटका लागि नेपाली टोली भारत जाँदैछ ।नेपाल र भारतबीच हुने १५ खेलाडीसहित १८ सदस्यीय टोली भारतको हरियाणामा आयोजना हुने खेलमा सहभागी हुन आज प्रस्थान गर्न लागेका हुन । नेपालले भारतसँग फागुन १९, २० र २१ गते खेल्नेदैछ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार एक कार्यक्रमबीच सफलताको शुभकामनासहित बिदाइ गरेका थिए ।कप्तान सन्तोष भण्डारीको नेतृत्वमा १८ खेलाडी आज प्रस्थान गर्दैछन, जसमा प्रशिक्षकमा सुवास लुइटेल, व्यवस्थापक अन्जना मास्के र अफिसियलमा ह्वीलचेयर क्रिकेट संघ नेपालका अध्यक्ष छुल्टिम शेर्पा टोलीमा समावेश छन ।