तपाईको आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

मेष राशि चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अप्रिय खवरको श्रवणले मनमा सामान्य चिन्ता प्राप्त रहने दिन रहेकोछ । मान्यजनको स्वास्थमा सामान्य समस्या उत्पन्नहुन सक्नेछ । मध्यान पश्चात भने अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानि मध्यम रहला । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला ।

बृष राशि इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मित्रजनहरुको साथ सहयोगमा अधुराकार्य सम्पादित रहनेछन । यात्राकारक समय रहेकोछ । अरुद्वारा सम्पादित कार्यको श्रेय प्राप्त हुनाले मन प्रशन्न रहला । मध्यान पश्चात मानसम्मानमा आधात पर्नसक्ने सम्भाबना रहेकोछ । पारिवारिक स्वास्थमा समस्या उत्पन्न हुनसक्नेछ । नोकरीमा उन्नति मिल्नेछ ।

मिथुन राशि का, कि, कु, घ, ङ, छ, के, को, ह
स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्यमा समय ब्यतित रहनाले मन प्रशन्न रहनेछ । तपाईको कार्य सम्पादनको श्रेय अन्य ब्यत्तिहरुलाई सहजै प्राप्त हुनेछ । यात्रा झन्झट पुर्ण रहन सक्छ ।

कर्कट राशि हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मनोबिलासिताका साधनको प्रयोगले समय ब्यतित रहनेछ । ब्यापार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । समयको सहि सदुपयोग गर्न नसक्नाले कार्य क्षेत्रमा साधारण ढिलाई भोग्नु पर्नेछ । आफन्तजन हरुको साथ सहयोगको कमि महसुस हुनेछ ।

सिंह राशि मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कार्य सम्पादन प्रति अरुको दबावको महसुस हुनाले दिन तनाब पूर्ण ब्यतित रहला । प्रतिश्पर्दिहरु सवल रहनाले हर कदममा सजग रहनु होला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ । पारीवारिक भेटघाटको क्षेत्रमा समय ब्यतित रहला । ब्यापार ब्यवसायमा आफ्नो प्रभुत्व रहनेछ ।

कन्या राशि टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आय आर्जनका बिभिन्न श्रोत साधनहरु फेला परेतापनि मानसिक चन्चलताले कार्य श्रेत्रमा ब्यवधान आई पर्नेछ । अध्यन अध्यानपनमा अधिक समय ब्यतित गर्नु पर्नेछ । आँट शाहसमा कमि आउनाले कार्यसम्पादनमा समस्या आउन सक्छ । सहयोगी ब्यक्तिहरुको साथ छुट्नाले मनमा आघात पुग्नेछ ।

तुला राशि र, रि, रु, रे, रो, ता, ति, तु, ते
सभासम्मेलन जन्य कार्यमा सहगायीता साथै सामान्य मान प्रतिष्ठा प्राप्तीको योग रहेकोछ । कार्यप्रतिको लगन सिलतामा बृद्यि हुनेछ । मनोरञ्जनका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । मानसिक चन्चलताले सताउनेछ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला ।

बृश्चिक राशि तो, ना, नि, नु, ने, नो, या, यि, यु
यात्राका क्रममा सामान्य खर्चको सम्भाबना रहेकोछ । तपाइको कार्यसम्पादनको श्रेय गैर ब्यतित्वहरुले प्राप्त गर्नेछन । नजिकका मित्रजनहरुसगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ ।

धनु राशि ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
स्वास्थ सम्बन्धी समस्याका कारण सामान्य तनाब उत्पन्न हुन सक्नेछ । पुरानो लगानि उठाउन समयले साथ दिनेछ । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ । आजको कार्यले भोलिलाई फाइदा रहनेछ । सामान्य शकां उपशकांहरुको निबारण हुने दिन रहेको छ ।

मकर राशि भो, ज, जि, खि, खु, खे, खो, गा, गि
शारीरिक आलस्यताका कारण गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्नहुन सक्नेछ । मान प्रतिष्ठामा सामान्य आचँ आउन सक्ने सम्भाबना रहेकोछ । मानसीक चन्चलताले कार्य क्षेत्रमाझन्झट आई पर्नेछ । सामान्य बादबिवादको सामना गर्नु पर्ला । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ ।

कुम्भ राशि गु, गे, गो, सा, सि, सु, से, सो, द
तपाईको कार्यमा त्रुटि देखाउनेहरुको बृद्यिहुनेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ । यात्रामा सामान्य झन्झट आईपर्न सक्नेछ । साजेदारी कार्यमा हात नहालेकै बेश रहनछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ ।

मीन राशि दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ । स्वास्थका निम्ती सामान्य खर्चको सम्भाबना समेत रहेकोछ । तपाईको कार्य बाट फाईदा लिनेहरुको सङख्यामा बृद्यि हुनेछ । आटशाहसको बृद्यिहुने योग रहेको छ ।