भारतले जस्तै पाकिस्तानले पनि सस्तो रुसी कच्चा तेल ल्याउने बारेमा सोचाेस्– पूर्वप्रधानमन्त्री खान

इस्लामाबाद, २७ चैत । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफका प्रमुख इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विदेश नीतिको प्रशंसा गरेका छन् ।
रुस–युक्रेन युद्धका बाबजुद पनि भारतले रुसवाट सस्तो तेल निरन्तर लिन सफल भएको भन्दै खानले मोदीको बिदेश नीतिको प्रशंशा गरेका हुन ।

‘म पनि भारतले जस्तै सस्तो रूसी कच्चा तेल प्राप्त गर्न चाहन्थे तर त्यसो गर्न सकिएन किनभने कुराकानी जारी रहेको बखतमा मेरो नेतृत्वको सरकार माथी अविश्वास प्रस्ताव आयो र म सरकारवाट बाहिरिने अवस्था आयो ।’  राष्ट्रका नाममा एक भिडियो सन्देश दिँदै उनले उक्त कुरा बताएका हुन् ।

स्मरण रहोस, पछिल्ला २३ वर्षमा मस्को भ्रमण गर्ने उनी पहिलो पाकिस्तानी प्रधानमन्त्री हुन् । पाकिस्तान अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको बखतमा खानको यो टिप्पणी आएको हो ।  इमरान खानका अनुसार  युक्रेन युद्धको बावजुद भारतले किनिरहेको रसियाको सस्ताे कच्चा तेल झै अझै पनि सहुलियत दरमा किन्न सक्छ तर पाकिस्तानी प्रधानमन्त्रीलाई यो कुराको मतलब छैन ।

उनका अनुसार पाकिस्तानी प्रधानमन्त्री आफनो पैसा बिदेशमा लुकाउनमा नै ब्यस्त छन । उनले भने, ‘हाम्रो (पाकिस्तनी) प्रधानमन्त्रीको जति पैसा अरु देशमा कसैले राखेको छैन, यदी छ भने मलाई भन्नुहोस ।’

खानले पश्चिमी दबाबको बाबजुद पनि आफ्नो अर्थतन्त्रको विकास र रूसी तेल खरिदमा भारतले लिएको उपलब्धिको बारेमा खुलेर प्रशंशा गरेका छन । उनले अगाडी यो पनि भनेका छन कि, ‘पाकिस्तानले पनि यो बारेमा सोचोस् ।’यसअघि मे २०२२ मा खानले संयुक्त राज्य अमेरिकाको दबाबको बाबजुद रुसबाट सस्तो तेल खरिद गर्ने भारतीय प्रधानमन्त्री  मोदीको निर्णयको प्रशंसा गरेका थिए।