बारा–२ को मतगणना सुरु, मतगणनास्थलमा तारजाली

बारा, ११ बैशाख । सर्वदलीय बैठक पछि बारा २ को मतगणना सुरु भएको छ । हिजो सम्पन्न उपनिर्वाचनको आजवाट कलैस्थित शिक्षा तालिम केन्द्रमा मतगणना सुरु भएको हो ।
करैयामाई गाउपालिका र सुर्वण गाउँपालिकाबाट मत गणना सुरु गरिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।

उनका अनुसार कडा सुरक्षाका साथ  मतगणना स्थलको व्यवस्थापन मिलाएको छ भने मतगणना स्थलमा तारजाली तथा सिसि क्यामेरासमेत जडान गरिएको छ ।सो क्षेत्रवाट ३४ उम्मेदवार चुनावी मैदानमा रहेपनि जसपा अध्यक्ष उपेन्द्र यादव,  जनमत पार्टीका शिवचन्द्र कुशवाहा, एमालेका पुरुषोत्तम पौडेल बिच त्रिपक्षिय प्रतिस्पर्धा हुने मानिएको छ । बारा २ मा ६५ प्रतिशत मत खसेको थियो ।