आजकाे तरकारीकाे मूल्य : लोकल सानो गोलभेडा प्रतिकेजी ५ रुपैयाँ ८० पैसा

काठमाडौ, १ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलकाे मूल्य ताेकेकाे छ । समितिका अनुसार ठुलो नेपाली गोलभेडा, लाम्चो भन्टा, तने बोडी, रातो मूला, सेतो आलु, चिचिण्डो, र लोकल घिउ सिमी प्रतिकेजी ३५ रुपैयाँ, लोकल सानो गोलभेडा ५ रुपैयाँ ८० पैसा, टनेल गोलभेडा प्रतिकेजी १० रुपैयाँ रहेको छ ।

यस्तै, रातो आलु ४२ रुपैयाँ ५० पैसा, लोकल गाजर १०६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली, मकै बोडी, हाइब्रिड घिउ सिमी, तराई परवर, झिगूनी र स्कूस, प्रतिकेजी ४५ रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ ५० पैसा, डल्लो भन्टा र भिण्डी ५५ रुपैयाँ, मटरकोशा १५० रुपैयाँ रहेको छ ।

यसैगरी, टाटे सिमी १४५ रुपैयाँ, तितो करेला ३२ रुपैयाँ ५० पैसा, भटमासकोशा १४६ रुपैयाँ ६७ पैसा, पालूगो र चमसूरको साग १०५ रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ र डल्ले च्याउ ३२५ रुपैयाँ तोकिएको छ ।