गृहमन्त्री श्रेष्ठ चीन जाँदै, ४ दिन पछि फर्कने

काठमाडौं, १० असार । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा निस्कने भएका छन् ।आगामी मंगलबार चार दिने भ्रमणको क्रममा उनी चीन जान लागेका हुन् ।  श्रेष्ठको सचिवालयका अनुसार ७ सदस्यीय टोलीसहित उनी चीनको छेन्दु शहरमा जान लागेका हुन् ।

चीनको छेन्दुमा हुने एक व्यापार मेलामा बिशेष अतिथिको रुपमा सहभागी हुनका लागि उपप्रधानमन्त्री श्रेष्ठ त्यसतर्फ जान लागेका हुन् । उनको टोलीमा गृह मन्त्रालयका सहसचिवसहितको प्रतिनिधित्व रहने जनाईएको छ ।उपप्रधानमन्त्री श्रेष्ठ ४ दिन छेन्दु मा नै रहने, सो क्रममा त्यहाँको विश्वविद्यालयको अवलोकन तथा भ्रमण गर्नेलगायतको कार्यक्रम रहेको छ । उनी शुक्रवार स्वदेश फर्कने छन् ।