राष्ट्रिय सभा बैठक: बिनियोजन बिद्येयकमाथी मन्त्रालयगत छलफल हुने

काठमाडौं- राष्ट्रियसभा  बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ः३० बजे बोलाईएको छ ।
आजको बैठकमा बिनियोजन २०८० बिद्येयक माथी मन्त्रालयगत रुपमा छलफल हुनेछ ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सुचना प्रबिद्यि मन्त्रालय, परराष्ट्र मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र खानेपानी मन्त्रालय माथी छुटाईएको बजेट माथी छलफल हुनेछ ।