राष्ट्रियसभा बैठक बस्दै, प्रतिपक्षी दलको संसद अबरोध गर्ने अडान कायमै

काठमाडौं, २१ असार । राष्ट्रियसभा बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।

हिजो दिउँसो २ः३० बजे बोलाईएको बैठक आधा घन्टा स्थगित गरी ३ः०० बजे बोलाईएको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजिनामा नदिएसम्म संसद चल्न नदिने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अडान कायम राखेका कारण दिउँसो ४ः४६ बजे बोलाईएको थियो । सो बैठक पनि सञ्चालन हुन नसके पछि आजका लागि बैठक बोलाईएको हो ।

भारतले नेपालको प्रधानमन्त्री बनाउने आशयको अभिब्यक्ति दिए पछि प्रतिपक्षी दलहरुले सदन अबरुद्ध गरेका थिए । उनीहरुले प्रधानमन्त्रीले राजिनामा दिनु पर्ने अडान कायमै राखेका छन् ।