बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौ,  २७ असार । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेर बुधबार १ लाख ११ जार ६०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि सामान्य बढेर कारोबार भएको जनाएको छ । मंगलबार तोलामा १३९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १४ सय रुपैयामा कारोबार भएको छ ।