यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति पुग्यो ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६०रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ६१ पैसा र बिक्री दर १३१ रूपैयाँ २१ पैसा तथा युराेपियन युरो एकको खरिददर १४४ रूपैयाँ ८६ पैसा र बिक्री दर १४५ रूपैयाँ ५३ पैसा कायम गरिएकाे छ।

हिजो अमेरिकी डलर एकको खरिद दर १३०.८२ रुपैयाँ रहेको छ भने बिक्री दर १३१.४२ रुपैयाँमा तथा युरोपियन युरो एकको खरिद दर १४५.५४ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.२० रुपैयाँमा काराेबार भएकाे गरिएकाे थियो।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ६८ पैसा र बिक्री दर १६८ रूपैयाँ ३५ पैसामा काराेबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८८.१२ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.५२ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४३ पैसामा काराेबार हुनेछ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २५ पैसा र बिक्रीदर ९ रुपैयाँ ३० पैसामा खरिदबिक्री हुदाँ दक्षिण काेरिया वन १०० को खरिदमा १० रूपैयाँ १९ पैसा र बिक्रीदर १० रूपैयाँ २४ पैसामा काराेबार हुनेछ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८५ पैसा र बिक्री दर ३६ रूपैयाँ ०२ पैसामा काराेबार गर्न अनुमति दिएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.८२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८९ रुपैयाँमा तथा मलेसियन रिंगिट एकको खरिद दर२८.६८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.७९रुपैयाँमा काराेबार गर्न सकिनेछ।साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२५.५८ पैसा विक्रीदर ४२७.५३ पैसामा काराेबार हुनेछ।